काठमाडौं । काेरोना संक्रमितकाे संख्या घट्दो क्रममा रहे पनि काठमाडौं उपत्यकामा भने बढ्दो रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले देखाउँछ । आज मंगलबार मात्र ५३ जनामा काेरोना संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ ।
काठमाडौं उपत्यकामा शनिबार ३ जना, आइतबार ८ जना र साेमबार ६ जनामा काेराेना संक्रमण देखिएकाेमा आज ह्वात्तै बढेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार तथा आज एकैदिन ५३ जनामा काेरोना संक्रमण पुष्टि भएकाे हाे । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा ४८, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना छन् ।
यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४७६ पुगेको छ । जसमा काठमाडौंमा ३३६ जना, ललितपुरमा ९० र भक्तपुरमा ५० जना रहेका छन् ।