काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
साथै देशभर ५ हजार १२९ जना काेराेना संक्रमितकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म १३ हजार ८७५ जनाले काेराेना जितेका छन् ।