काठमाडौं । नेपालका विभिन्न ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
खोटाङ, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ आइसोलेसनमा उपचाररत सबै संक्रमित निको भएर डिस्चार्ज भएपछि शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म १८ हजार ७५२ जनामा (कोभिड-१९) पुष्टि भएकाे छ । तीमध्ये १३ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुनेको दर ७३ दशमलब ३ प्रतिशत रहेको छ ।
हिजो (सोमबार) १३९ जना संक्रमित थपिनुका साथै ६२६ जना डिस्चार्ज भएका छन् ।