बैशाख २२, २०८१, शनिबार
               

उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । 

 ‘काठमाडौँ र ललितपुरमा गरी ३ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ४७ र ललितपुरमा ७७ पुगेको छ,’ उनले भने । 

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ५६  जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । देशभर संक्रमितको संख्या १७ हजार ६  सय ५८ पुगेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५८ पुगेको छ ।  योसँगै  डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि