असोज ०५, २०८१, शनिबार
               

सुर्खेत आइसोलेसनमा बसेका कोरोना संक्रमितले सुरु गरे भोक हडताल

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पीसीआर टेष्टको माग गर्दै सुर्खेतका आइसोलेसनमा रहेका २७ले  भोक हडताल सुरु गरेका छन् । 

सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्डअनुसार  उनीहरुलाई  घरपठाउने तयारी गरेपछि उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरी संक्रमण रहे-नरहेको पुष्टि गर्न माग गर्दै भोक हडताल सुरु गरेका हुन् । 

१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउने तयारी भएको भन्दै उनीहरुले भोक हडताल सुरु गरेको बताइएको छ । 

सुर्खेतका कोरोनापीडीत पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् ।

पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरु दिनभर खाना नखाइ बसेका छन् । 

पीसीआर परीक्षण नगराएर घर पठाउँदा समाजमा घुुलमिल हुन आफूहरूलाई समस्या हुने भन्दै उनीहरूले पुनः परीक्षण गर्नुपर्ने अडान लिएका छन् ।

यो पनि