चैत १६, २०८०, शुक्रबार
               

गर्मीमा उखुको जुस पिउँदा यस्ता फाइदा

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

गर्मीमा धेरै पसिना आउने हुँदा हाम्रो शरीरमा पानीको मात्रा छिटो छिटो सुक्दै जान्छ । यस्तो माैसममा पानी जुस तथा झोलिलो पदार्थ अत्यधिक सेवन गर्नुपर्ने हुन्छ । 

उखुको रस यस्तो चिज हो जुन सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।  

उखुको रसको फाइदाहरु यस्ता छन् ।

१. उखुको रस सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

२. यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

३. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. उखुको रसमा प्रशस्त ग्लुकोजको मात्रा हुन्छ जसले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।

५. यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाबसम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।


कस्तो लाग्यो ?

यो पनि