काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि आकस्मिक रुपमा उनको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरिएको थियो ।
त्यसैगरी, सोमबारै ललितपुरका अढाई वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मेडसिटी अस्पतालमा शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरी परीक्षण गर्दा उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।