मंसिर ०७, २०८१, शुक्रबार
               

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा सन्ञ्चालन

रासस
असार १६, २०७७

ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु गरिएको छ ।

कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । 

डायलाइसिस सेवा सञ्न्चालका लागि नगरपालिकाले एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन् । 

उनका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सन्ञ्चाल गरिएको हो ।

‘कीर्तिपुरमा डायलाइसिस सेवा नहुँदा नगरपालिकामा रहेका मिर्गौलाका बिरामीलाई असहज भएको थियो, हामीले पहिलेदेखि नै डायलाइसिस सेवा सञ्चालन गर्नुपर्छ भन्दै आएका थियौँ’, उनले भनिन्, ‘नगरपालिकामा आवश्यकता देखेर नै नगरसभाले सेवा सन्ञ्चालन गर्ने निर्णय गरेको थियो, सभाको निर्णयअनुसार नै हामीले आवश्यक उपकरण किनेर सेवा सन्ञ्चालनमा ल्याएका हौँ ।’

यही असार १४ गतेदेखि अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा सुरु गरिएको कीर्तिपुर अस्पतालका निमित्त निर्देशक डा. पेरु प्रधानले बताए । 

‘नगरपालिकाको सहयोगमा सेवा सुरु गरेका हौँ, आइतबार र सोमबार दुई दिन सेवा प्रवाह गप्यौँ, आजका लागि कोही आउएका छैनन्’, उनले भने, ‘शुरुआती चरण भएकाले धेरैलाई थाहा नहुन सक्छ तर पनि हामीकहाँ १३ जनाले नाम टिपाइसकेका छन्।’

उनका अुनसार अस्पतालले डायलाइसिस सेवाका लागि ११ कर्मचारी छुट्याएको छ । यसअघि नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स खरिद गरिसकेको छ । 

नगरवासीलाई सहज रुपमा सेवा प्रवाहका लागि ४८ लाख १५ हजार लागतमा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हाे ।

यसैगरी नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा रहेको पिसिआर मेसिन प्रयोग गरी प्रयोगशाला सन्ञ्चालनको तयारी गरेको छ । 

नेपाल सरकारबाट स्वीकृति लिएर नगरपालिकाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरण खरीद गरिसकेको छ ।

प्रयोगशाला सन्ञ्चालका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको बायोसेफ्टी क्याबिनेट,अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत सामान खरीद गरिएको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि