जेठ ०५, २०८१, शनिबार
               

नारायणी अस्पतालमा कोरोना परीक्षण रोकियो

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगन्जमा कोरोना परीक्षण रोकिएको छ । 

सेनाले किनेको रि–एजेन्टले काम नगरेपछि वीरगन्जको नारायणी अस्पतालमा कोरोना परीक्षण रोकिएको हो । 

मन्त्रालयले पठाएको रिजेन्टले काम नगरेपछि ल्याब बन्द गर्नुपरेको नारायाणी अस्पतालले बताएको छ । 

अस्पतालको ल्याब बन्द भएसँगै संकलन भएका करिब एक हजार दुई सय स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको अस्पतालले जनाएको छ । 

अस्पताले एक हजार थान उपकरण आए पनि सो उपकरण काम नलाग्ने भएको बताएको छ । 

सोबारे अस्पतालले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत सरोकारवाला निकायमा लिखित जानकारी पठाएको बताएको छ । 


कस्तो लाग्यो ?

यो पनि