जेठ ०५, २०८१, शनिबार
               

डब्ल्युएचओ नेपालस्थित कार्यालयको सर्तकता अपनाउन अपिल

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयले सर्तकता अपनाउन अपिल गरेको छ । 

संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले सोमबार कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल हुन् ।

उनले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपिल गरेका हुन् । 

‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं,’ उनले भने, ‘तसर्थ हामी अलि होसियार हुनु जरुरी छ ।’

लकडाउन खुकुलो भएसँगै कार्यालय सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको बताउँदै उनले सबैले आआफ्नो तर्फबाट सर्तकता अपनाउनुपर्ने बताएका छन् । 

‘संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्छ,’ उनले भने, ‘मानिसहरूको भिडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुनपानीले हात धुने गर्नुस् ।’

भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय भए पनि त्यसबाट बच्न आफू स्वयंले सतर्कता हुनुपर्ने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि