मंसिर ०७, २०८१, शुक्रबार
               

नेपालमा ३० हजार संक्रमित हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा ३० हजार कोरोना संक्रमित हुने नयाँ प्रक्षेपण गरेको छ ।

उक्त प्रक्षेपण बमोजिम स्वास्थ्य सेवा विभागले सामाग्रीहरु खरिदको प्रक्रिया अघि बढाएको विभागका निर्देशक डा. दीपेन्द्ररमण सिंहले जनाए ।

स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले ३० हजार संक्रमितका लागि के कसरी जाने भनेर विभागले तयारी गरिरहेको जानकारी दिए ।

मन्त्रलायले पहिलो चरणमा ५ हजार, दोस्रो चरणमा १५ संक्रमित हुने प्रक्षेपण गरेको थियो भने शनिबार गरेको तेस्रोमा ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि