असोज ०६, २०८१, आइतबार
               

फेरि थपिए गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ ।

 गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वका २ जना, बागलुङका १४ जना, कास्कीका ६ जना र स्याङजाका ६ जना रहेका छन् ।

संक्रमितहरु नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुष, बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष रहेका छन् । त्यस्तै स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि