मंसिर ०७, २०८१, शुक्रबार
               

यी चिज नियमित खाएमा १५ दिनमै पेटको बोसो घट्छ ।

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

माेटाेपन हुनु विभिन्न रोगले छिट्टै आक्रमण गर्नु हो । पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । 

नियमित कडा शारीरिक व्यायाम र हल्का फलफूलसहितको भोजनमा जोड दिनु यसको महत्त्वपूर्ण उपाय हो । योसँगै बोसो घटाउनका लागि यी खाने कुरासमेत अत्यन्त जरुरी छ, जसले बढीभन्दा बढी क्यालोरी बर्न गरोस् । 

काँक्रो

बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ  । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

कागती  

कागती माेटोपन घटाउने अर्को उत्तम उपाय हो । बिहान उठेपछि र राति सुत्ने बेलामा तातोपानीमा घोलेर खान सकिन्छ । 

धनियाँको जुस

यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

एलोभेरा जुस

एलोभेरा जुस  धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ  ।

ग्रिन टी

ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ ।  त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

अदुवाको रस

प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान  दिनुहाेला ।


कस्तो लाग्यो ?

यो पनि