मंसिर ०७, २०८१, शुक्रबार
               

सोलुखुम्बुका पहिलो संक्रमित कोरोनामुक्त

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।
  
करिब १४ दिनकोे उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टाइनमा नै राखिने छ ।

गत जेठ १५ गते संक्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो । उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि