जेठ ०७, २०८१, सोमबार
               

नारायणी अस्पतालबाट भरतपुर अस्पताल सारिएका बिरामीकाे मृत्यु भएपछि प्रशासनले माग्यो जवाफ

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन चितवनले नारायणी सामुदायिक अस्पतालसँग जावफ मागेको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गर्दै  बिरामी के–कति कारणले पठाएको भनी जवाफ माग गरेको हो ।

कोरोना पुष्टिपछि नारायणी अस्पतालले उपचाररत भरतपुर महानगरपालिका—११ का ६८ वर्षीय सङ्क्रमितलाई भरतपुर अस्पताल पठाएको थियो । 

उनको भरतपुर अस्पताल आएको भोलिपल्ट बिहान  निधन भएको थियो । 

प्रशासनले नारायणी अस्पताललाई पठाएको पत्रमा कोभिड–१९ सङ्क्रमित सघन उपचारकक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको भनी जवाफ मागेको छ । 

साथै, सो पत्रमा नारायणी अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यर्कीको सुरक्षाका लागि के–कस्तो पूर्व सावधानी अपनाइएको छ सोबारे पनि जानकारी गराउन भनिएको छ । 

प्रशासनले कोरोना सङ्क्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानीय प्रशासनसँग समन्वय र भरतपुर अस्पतालसँग समन्वय सहमति भए गरेको हो, होइन ? भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमति भएको हो भनी स्पष्ट पार्न पनि निर्देशन दिएको छ । 

यो पनि