जेठ ०८, २०८१, मंगलबार
               

आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित भएको छ । 

संघीय संसदबाट आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) बुधबार बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । 

जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायत प्रतिपक्षी दलका सांसदले विपक्षमा मत जाहेर गरेका थिए ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा  सदहरुले विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो  । 

सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम), प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादवलगायतले खर्च कटौती सम्बन्धी प्रस्ताव राखेका थिए । 


कस्तो लाग्यो ?

यो पनि