असोज ०६, २०८१, आइतबार
               

शव व्यवस्थापनमा अन्योलता

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनको टुंगो लाग्न नसक्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमै रहेको छ । 

व्यवस्थापनमा अन्योल सिर्जना भएसँगै सो शव आइसोलेसनमै रहेको हो । 

कोरोना भाइरसका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन के गर्ने विषयमा निर्णय हुन नसक्दा ढिलाइ हुँदा व्यवस्थापन गर्न ढिलाइ भएको हो । 

उनको शव व्यवस्थापन पोखरा महानगरपालिका वडा नम्बर ११ मा गर्ने योजना बनाएपछि विरोध हुँदा ढिलाइ भएको प्रहरीले जनाएको छ । 

मृतक संक्रमित पुरुषलाई आइतबार कोरोना पुष्टि भएको थियो । 

उनी स्याङ्जाको वालिङ नगरपालिकाका हुन् । 


कस्तो लाग्यो ?

यो पनि