काठमाडाैं । प्रदेश १ मा कोरोना संक्रमितको संज्ञा २७७ पुगेको छ ।
प्रदेश १ मा सोमबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको जानकारी दिए ।
मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगन्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि जनाइएको छ ।
प्रदेश १ का संक्रमितहरुको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको बताइएको छ ।
संक्रमितमध्ये ९० जना उपचारपछि घर फर्किएका पनि बताइएको छ ।