जेठ ०६, २०८१, आइतबार
               

मन्त्रीका स्वकीय सचिवलाई आइसोलेनमा राख्ने तयारी

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडाैं । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई कोरोनाको लक्षण नदेखिकनै कोरोना पोजेटिभ भएको बताए । 

त्यसैगरी,  मन्त्री यादवले आफ्ना स्वकीय सचिवमा कोरोना पोजेटिभ देखिएकाले उनलाई अइसोलेसनमा राख्ने तयारी भइरहेको बताइन् ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले बताइन् । 

मन्त्री यादवले रिपोर्ट आएकामध्ये पाँचजना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको पनि बताइन् । 

उनले मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिइन् । 

साथै, उनले बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिइन् । 


कस्तो लाग्यो ?

यो पनि