काठमाडाैं । महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाइएको छ ।
बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि महिलाका लागि छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो ।
गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले बताएको छ ।
सो क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टाइनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए ।
जिल्लामा ८० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
जिल्लामा १४४ क्वारेन्टाइनमा महिला पुरुष गरी तीन हजार ९१८ जना छन् ।