काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु भएको छ ।
आइतबारबाट सो अस्पतालले नेशनल मेडिकल कलेजबाट पठाएका मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु गरेको हो ।
वीरगन्जमा कोरोना संक्रमित भेटिएसँगै सो अस्पतालमा डायलाइसिस सेवा र अन्य सेवा बन्द भएका थिए ।
अस्पतालमा भर्ना भएका ७२ जना बिरामी उपचारपछि निको भएर घर गएपछि अस्पतला निसंक्रण गरी अन्य सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।