बैशाख २४, २०८१, सोमबार
               

आइतबार मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मृत्यु भएकी बाजुराकी दुई वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । 

बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । 

आइतबार मृत्यु भएकी बालिका कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए । 

‘मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने, ‘ तर, बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ । तर, उनका बुबाको भने  रिपोर्ट नेगेटिभ छ ।’

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

मृत्यु हुने बालिका एक साताअघि दिल्लीबाट आमाबुबासँगै नेपाल आएकी थिइन् । उनलाई अस्पताल ल्याइपुर्‍याउँदा उनी बेहोस अवस्थामा थिइन् । 


कस्तो लाग्यो ?

यो पनि