काठमाडौं । कोरोना संक्रमितले अस्पतालको आइसोलेसनमै इद मनाएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत मुस्लिम धर्मावलम्बीले आइसोलेसनमै इद मनाएका हुन् ।
सोमबार बिहन नारायणी अस्पतालको आइसोलेसनमा कोरोनाको उपचारत मुस्लिम धर्मावलम्बीले नुहाइधुवाइ गरी आफ्नो परम्पराअनुसार इद मनाएका हुन् ।
वीरगन्ज नारायणी अस्पतालमा इदुलफित्र (इद) को अवसरमा एक अर्कामा शुभकामना साटासाट पनि गरेका छन् ।