मंसिर ०७, २०८१, शुक्रबार
               

मृतकमा कोरोना पोजेटिभ देखिएपछि मलामीको खोजी

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । मृतकमा कोरोना पोजेटिभ देखिएपछि  अन्त्येष्टिमा सहभागी हुने मलामीको  खोजी हुन थालको छ । 

केही दिनअघि निधन भएका बाराकरैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि मृतककाे मलामी जानेहरुकाे खाेजी भएकाे हो । 

निधन भएका उक्त पुरुषको निधन भएकै दिन जेठ ४ गते अन्त्येष्टि गरिएको थियो ।

मृतक नेसनल मेडिकल कलेज जनस्वास्थ्यका पूर्वकर्मचारीसमेत रहेको खुलेको छ । 

कोरोनाका कारण निधन भनिएकालाई जेठ २ गते एम्बुलेन्समा लगिएको र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ४ गते मृत्यु भएको खुलेको छ ।

उनको निधनपछि शवलाई उनको परिवारले घर लगी धार्मिक परम्परा पूरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरेको खुलेको छ । 

मृतकको अन्त्येष्टिमा ५० भन्दा बढी सहभागी भएको वडाध्यक्ष वृज चौधरीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि