जेठ ०७, २०८१, सोमबार
               

नेपालमा थप २० जनामा संक्रमण, कुल संख्या ५०७

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेमा थप १४ जनासहित आज शुक्रबार अपरान्ह नेपालमा थप २० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा नियमित प्रेस ब्रिफिङमा त्यसबारे जानकारी गराएका हुन् ।

आज कैलालीमा ३, डडेल्धुरा र बैतडीमा एक एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका २ मा एक जना संक्रमित थपिएका छन् । 

नेपालमा आजै विहान ३० जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लोसँगै आज अहिलेसम्म ५० जना संक्रमित पुष्टि भएका छन् ।

डेडेल्धुरा र बैतडीमासँगै संक्रमित ४० जिल्लामा फैलिएको छ । कुल संक्रमित संख्या ५०७ जना पुगेका छन् । त्यसमध्ये ४३३ पुरुष र ७४ जना महिला छन् ।


कस्तो लाग्यो ?

यो पनि