जेठ ०७, २०८१, सोमबार
               

नौ कम्पनीबाट उत्पादित कीट कोरोना परीक्षणका लागि सिफारिस

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । सरकारले नौ कम्पनीबाट उत्पादित कीट कोरोना परीक्षणका लागि सिफारिस गरेको छ ।  

सरकारले चीनका सात कम्पनी अमेरिका र क्यानडाका एक एक गरी नौ कम्पनीका कीट कोरोना परीक्षणका लागि सिफारिस गरेको हो । 

सरकारले सिफारिस गरेका कम्पनीका कीटको प्रयोग गरी निजी अस्पताहरूले कोरोनाको परीक्षण गर्न सक्ने प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिएकी छिन् । 

तर, सरकारले ओम्नी समूहले ल्याएको र्‍यापिड टेस्ट कीट भने प्रयोग नगर्न सिफारिस गरेको छ । 

अब निजी अस्पतालहरूले पनि प्रयोगशालाले तोकेको मापदण्डभित्र रहेर र्‍यापिड टेस्ट गर्न पाउने भएका छन् । 

साथै, प्रयोगशालाले सिफारिस गरेको किटभन्दा अर्को किट प्रयोग गर्नुपरेमा पहिले प्रयोगशालाबाट स्वीकृति गराउनुपर्ने जनाइएको छ । 

यो पनि