जेठ ०६, २०८१, आइतबार
               

टेकु अस्पतालबाट डिस्चार्ज भए काठमाडौं र भक्तपुरका चार संक्रमित

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।

कोरोनाभाइरस (कोभिड–१९) को रिपोर्ट दुई पटकसम्म  नेगेटिभ आएपछि चार जना डिस्चार्ज भएका हुन् । 

अस्पतालको आइसोलेसनमा उपचाररत चार जना संक्रमितलाई बिहीबार डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए । 

टेकु अस्पतालको आइसोलेसनमा अब १ जनामात्रै कोरोना संक्रमित छन् । 

वैशाख ३१ मा भक्तपुरका एक पुरुष र एक महिला त्यसैगरी काठमाडौंकी एक महिला टेकु अस्पतालमा भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

एक जना महिला आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्को एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको विस्तृत विवरण आउन बाँकी छ ।

योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्तभएर डिस्चार्ज हुनेको संख्या ४९ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि