जेठ ०७, २०८१, सोमबार
               

राप्ती प्रतिष्ठान पुनः सञ्चालन

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा पुनः सुरु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबार विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले चौतर्फी विरोध आएसँगै सेवा पुनः सञ्चालन गरेको हो । 

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा सुरु गरेको जनाएको छ । 

प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेसँगै प्रतिष्ठानले सेवा पुनः सुचारु गरेको हो । 

प्रतिष्ठानका रजिष्टार कैलासप्रसाद देवले कोरोनाको मात्र उपचार सुरु गर्ने भन्दै सेवा बन्दको घोषणा गरेका थिए । 

प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए । 

प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । 

हाल प्रतिष्ठानमा करीब ३०  विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करिब चार सय  बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गर्छन् । 

यो पनि