काठमाडौं । क्रिमसन अस्पतालले आफ्नो अस्पतालमा रहेका कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ ।
बुधबार मध्यान्ह विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको हो ।
प्रदेश सरकारका मन्त्री, स्थानीय प्रहरी एवं स्थानीय सरकारका जनप्रतिनिधिहरूले उनको मृत्यु भइसकेको बताउँदै आएका छन् ।