मंसिर ०७, २०८१, शुक्रबार
               

गोकर्णेश्वरमा पनि भेटिए कोरोना संक्रमित, १२ दिनअघि आएका थिए काठमाडौं

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । 

अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय संक्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौं आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए । 

मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई संक्रमणको पुष्टि भएको थियो । 

संक्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ । 

नगर क्षेत्रमा पहिलोपटक कोरोना संक्रमण प्रमाणित भएको हो ।

नगर स्वास्थ्य समितिको आजै बैठक बसी संक्रमितको परिवारका सदस्यलाई  पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । 

संक्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ । 

नगरपालिकामा संक्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् । 

नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि