जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित देखिएपछि गाउँपालिका नै 'सिल'

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द (सिल) गरिएको छ ।

संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा  गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका बन्द गर्ने निर्णय गरेको हो ।

मदाने  ६ पुर्कोटदहमा अध्यापनरत शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 

कोरोनाको संक्रमण देखिएपछि कोही पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले संक्रमितको तत्कालै केस हिष्ट्री, ट्राभल हिष्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले संक्रमितसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबैको आरडिटी र पिपिआर टेष्ट गर्नका आवश्यक प्रक्रिया शुरु गर्नका लागि स्वास्थ्यकर्मीसहितको टोली आज नै संक्रमित क्षेत्रमा पठाउने तयारी गरिएको  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । 

मदानेमा कोरोना संक्रमित भएको खबरसँगै गुल्मीवासी थप सशंकित बनेका छन् । पुर्कोटदह यति बेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिस घर बाहिर निस्केका छैनन् । 


कस्तो लाग्यो ?

यो पनि