जेठ ०७, २०८१, सोमबार
               

१० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १०  स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । 

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न  स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । 

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए । 

पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए । 

क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ । 

उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय अन्यत्र कतै गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो ।  

छाया पोलिक्लिनिकमा सिल गरेर चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र  उनीहरुसंँग सम्पर्कमा आएका सबैलाई खोजेर कोरोनाको परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि