जेठ ०७, २०८१, सोमबार
               

नेपालमा काेराेना संक्रमितकाे संख्या ३७५ पुग्यो, साेमबार मात्र ८० जना थप

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार पुन: नेपालमा १८ जना काेराेना संक्रमित थप भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार रातीकाे रिपोर्टअनुसार धनुषाका २ जना पुरुष, खाेटाङका १ जना पुरुष, बाँकेका १२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै दैलेख, सुनसरी र झापाका १/१ जना पुरुषमा पनि काेराेना संक्रमण देखिएकाे हाे ।

यसअघि साेमबार दिउँसाे मात्र ६२ जनामा काेराेना संक्रमण देखिएका थिए ।  याेसँगै नेपालमा काेराेना संक्रमितकाे सँख्या ३७५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए  । 

पछिल्लाे संक्रमित सबैकाे अवस्था सामान्य रहेकाे छ । साथै काेराेना जितेर ३६ जना घर फर्किंदा २ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि