जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित भेटिएपछि गाउँ नै सिल

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

सर्लाही । जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन पुगेको छ । काठमाडौंको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताउए। संक्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौं गएकी हुन् । 

लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौंबाट गाउँमा आएकी थिइन् । दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौं गएकी बताइएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना संक्रमितको संख्या तीन पुगेको हो । यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि