जेठ ०७, २०८१, सोमबार
               

स्वास्थ्यकर्मीमा कोरोना, धनकुटा अस्पताल सिल

नेपाल फ्ल्यास
जेठ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि धनकुटा अस्पताल सिल गरिएको छ । उक्त अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल  क्षेत्रलाई सिल गरिएको स्रोतले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको बताइएको छ ।

गत शनिबार चारजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो ।

तीमध्ये एक महिलाको पिसिआर पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।  अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले जानकारी दिए ।
 


कस्तो लाग्यो ?

यो पनि