जेठ ०७, २०८१, सोमबार
               

ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

ललितपुर महानगरपालिकाले आफ्ना जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ ।   आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो ।

कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो ।

शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पनि पीसीआर र आरडीटी परीक्षण भएको थियो । महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाइकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताए ।

महानगरको योजना अनुसार ैनै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताए ।

उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगरभित्र कार्यरत पत्रकार, फलफूल व्यवसायी, ग्याँस डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडीटी परीक्षण गर्न लागिएको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि