बैशाख २८, २०८१, शुक्रबार
               

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पोजेटिभ पुष्टि, मृत्यु हुनेको संख्या २

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

बाँके । बाँकेस्थित क्वारेनटाइनमा रहेर मृत्यु भएका युवक कोरोना संक्रमित रहेको पुष्टि भएको छ । उनको आज आइतबार बिहान मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या २ जना पुगेको छ ।

ती युवक बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेनटाइनमा बसेका थिए । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेनटाइनमा रहेका उनी २५ वर्षीय युवालाई गएरातिदेखि झाडापखाला भएको स्वास्थ्य प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको आज आइतबार बिहान मृत्यु भएको थियो । स्वास्थ्य प्रवक्ताले प्रेस ब्रिफिङमा दिएको जानकारीबाट उनको उपचार नै नपाई मृत्यु भएको बुझ्न सकिन्छ ।

स्थिति खराब भएपछि आइतबार बिहान अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै उनको मृत्यु भएको थियो । क्वारेनटाइनमा बसेका युवकको कोरोनाबाट मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेको छ ।

नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेनटाइनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेनटिनमा राखेको हो ।

नरैनापुरका संक्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेसन अस्पतालमा छन् ।


कस्तो लाग्यो ?

यो पनि