बैशाख २७, २०८१, बिहीबार
               

धुलिखेलमा शिशुसहित चार जना आइसोलेसनमा, चिकित्सकहरु क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

धुलिखेल । कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु भएकी महिलाको शिशुसहित चार जनाको धुलिखेल अस्पतालस्थित आइसोलेसनमा उपचार भइरहेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुसहित चार जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान, सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।  

अस्पताल स्रोतका अनुसार, चारैजनाको स्वाब संकलन गरिएको र परीक्षणका क्रममा रहेको छ ।

धुलिखेल अस्पतालमा एक दिनमा ९८ जनाको भन्दा बढिको कोरोना परीक्षण गर्न नसकिने भएकाले उनीहरुको रिपोर्ट भोलिसम्ममा आइसक्ने बताइएको छ ।

त्यस्तै अस्पतालका चिकित्सक सहित १० जनालाई अस्पतालको क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ ।

मृत्यु भएकी महिला गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी र २४ गते सुत्केरी भएकी थिइन् । अस्पतालले २५ वैशाखमा डिस्चार्ज गरेपछि उनलाई सिन्धुपाल्चोकको राम्चे लगिएको थियो ।

ति महिलालाई जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि सोही दिन धुलिखेल अस्पताल ल्याइएको थियो । 

अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो । उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि