बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट नेपालमै एक महिलाकाे मृत्यु

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या २८१ जना पुग्दा एक जनाकाे मृत्यु भएकाे छ । श्वास प्रश्वास समस्याबाट धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हाे । 

धुलिखेलमा गरिएको परीक्षणमा उनको नतिजा पोजेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पुन:परीक्षण गरिएकाे थियाे । त्यहाँ पनि रिपोर्ट पोजेटिभ आएपछि नेपालले पहिलो मृत्युकाे सामना गर्नुपरेकाे हाे। 

मृतक महिला सिन्धुपाल्चोकको बाह्रबिसे ९ की हुन् । बैशाख २५ गते महाराजगन्जस्थित शिक्षण अस्पतालबाट सुत्केरी भएर डिस्चार्च भएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । स्थिति सुधार नभएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पताल लगिएकै राति बिहीबार उनको मृत्यु भएको थियो ।

ती महिलाको ज्यान गएपछि धुलिखेल अस्पताल र त्यस क्षेत्रमा कडाइ गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि