बैशाख २७, २०८१, बिहीबार
               

धुलिखेलमा मृतक सुत्केरीको पीसीआर रिपोर्ट पोजेटिभ, टेकुमा पुन: परीक्षण हुँदै

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । श्वास प्रश्वास समस्याबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म आधिकारिक रुपमा पुष्टि नगरे पनि धुलिखेलमा गरिएको पुरीक्षणमा उनको नतिजा पोजेटिभ आएको हो । उनको स्वाब पुन: परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा पठाइएको छ ।

ती महिलाको बिहीबार मृत्यु भएको थियो । लक्षण कोरोना भाइरससँग मिल्ने खालको देखिएपछि चिकित्सकहरूले उनको स्वाब परीक्षण गराएका थिए ।

मृतक महिला सिन्धुपाल्चोकको बाह्रबिसे ९ की हुन् । बैशाख २५ गते महाराजगन्जस्थित शिक्षण अस्पतालबाट डिस्चार्च भएर गएकी ती महिलाको स्वास्थ्यमा सममस्या देखिएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । स्थिति सुधार नभएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पताल लगिएकै राति बिहीबार उनको मृत्यु भएको थियो ।

ती महिलाको ज्यान गएपछि धुलिखेल अस्पताल र त्यस क्षेत्रमा कडाइ गरिएको छ ।

ती महिलाको मृत्यु कोरोनाबाट भएको टेकुबाट पनि प्रमाणित भए नेपालले पहिलो मृत्युको सामना गर्ने छ ।

 


कस्तो लाग्यो ?

यो पनि