जेठ ०७, २०८१, सोमबार
               

नेपालमा काेरोना संक्रमितकाे संख्या २७३ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपालमा आज शनिबार फेरि ६ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमा बर्दिया, सिराहा, पर्सा, चितवन  र सर्लाहीमा थप भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार आज देखिएका संक्रमितमा चितवनका २५ वर्षीया, सर्लाहीका १८ वर्षीया र बर्दियाका २८ वर्षीया गरी ३ जना महिला छन् । साथै सिरहाका १९ वर्षीय, पर्साका २८ र २९ वर्षीय गरी तीनै जना पुरुष संक्रिमत छन् भने उनीहरूकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि