जेठ ०७, २०८१, सोमबार
               

नेपालमा काेरोना संक्रमितकाे संख्या २६७ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपालमा आज शुक्रबार फेरि ९ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २६७ जना पुगेको छ ।

स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार वीरगञ्जका ९ र १० वर्षीय तथा काठमाडौं‌का ७ वर्षीय गरी ३ जना बालकसहित ९ जनामा कोराेना पोजेटिभ देखिएकाे हाे । 

मन्त्रालयका अनुसार वीरगञ्जका २३ र ४७ वर्षीया महिला तथा उदयपुरका १ तथा  दाङका ३ जना पुरुषमा काेराेना पोजेटिभ देखिएकाे हाे ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपि काेइराला विज्ञान तथा स्वास्थ्य प्रतिष्ठान धरान र भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षणमा उनीहरूकाे रिपोर्ट पोजेटिभ देखिएकाे स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले बताए ।


कस्तो लाग्यो ?

यो पनि