जेठ ०७, २०८१, सोमबार
               

थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २५८

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमित संख्या २५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नेपालगन्जमा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् ।

त्यसमध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् । त्यस्तै बाँके नैनापुरका १८ देखि ३६ वर्ष उमेर समूहका ८ जना पुरुष छन् । पछिल्लोपटक थपिएका सबै पुरुष हुन् ।

योसहित नेपालमा कुल संक्रमित पुरुषको संख्या २०९ जना पुगेको छ । ४९ जना महिला छन् ।


कस्तो लाग्यो ?

यो पनि