जेठ ०७, २०८१, सोमबार
               

२४ घण्टाभित्र १  हजार ३७३ जनाको पिसिआर परीक्षण

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय परीक्षणकाे दायरा बढाउनुका साथै तिब्र बनाइएकाे छ । हालसम्म २२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३ सय २७ जनाको आरडिटिबाट काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

हालसम्म नेपालमा ८४ हजार ९ सय ९१ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएकाे छ । साथै २४६ जना संक्रमित रहेकामा उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

 


कस्तो लाग्यो ?

यो पनि