जेठ ०७, २०८१, सोमबार
               

संक्रमण कहिल्यै नियन्त्रण हुन नसक्नेतर्फ डब्लुएचओको चेतावनी

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणको कहिल्यै पूर्ण नियन्त्रणमा संभावना कम हुँदै गएको जनाएको छ ।

डब्लुएचओली यसलाई नियन्त्रणका लागि निक्कै ठुलो प्रयास आवश्यक भएको उसले जनाएको हो । खोप पत्ता लागेपछि पनि बृहत प्रयासको आवश्यक रहने उसले उल्लेख गरेको छ ।

डब्लुएचओका निर्देशन डा. माइक रायनले कोरोना भाइरसको कहिल्यै अन्त्य नहुने र यो रहिरहने सम्भावना बढ्दै गएको बताएका हुन् । कोरोना भाइरसको अन्त्य कहिले हुन्छ भनेर भइरहेका भविष्यवाणीतर्फ संकेत गर्दै अहिल्यै त्यस्तो स्थिति नरहेको जनाएका हुन् ।

डा. रायनले भने, ‘कोरोनाको अन्त्य यो समयमा हुने वा त्यो समयमा हुने भनेर जसले पनि भनिरहेका छन् । तर त्यस्तो नहुन सक्छ ।’ उनले कोरोना भाइरसविरुद्ध १०० सयभन्दा संभावित खोप बनाउने काम भइरहेको जानकारी दिए । उनले खोप बन्दैमा यो उन्मुलन हुनेमा शंका व्यक्त गरे । उनले भने- 'खोप भएका धेरै रोग अहिले पनि उल्मुलन भएका छैनन् । कोरोना भाइरस पनि त्यस्तै हुन सक्छ ।'

यता डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यानोम गेब्रेयेसोसले भने एकीकृत प्रयास गरिए भाइरसलाई नियन्त्रणमा लिन सकिने विश्वास व्यक्त गरेका छन्  । उनले अवस्था कस्तो हुनेछ भन्ने महामारी अन्त्यका लागि हामीले गरेका प्रयासमै भरपर्ने बताए ।

कतिपय देशहरूले लकडाउन खुकुलो पारिरहेका बेला डब्लुएचओका उच्च अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि