काठमाडौैं । नेपालमा पुन: २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणामा संक्रमण पुष्टि भएको हो । थप संक्रमित काठमाडौं चन्दागिरि र कपिलबस्तुका हुन् ।
नेपालमा कुल संक्रमितको संख्या २४५ जना पुगेको छ । हिजो बुधबार २६ जना संक्रमित थपिएका थिए ।