जेठ ०७, २०८१, सोमबार
               

नेपालमा फेरि थपिए २४ जना संक्रमित, कुल संक्रमित २४३

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपालमा आज बुधबार फेरि २४ जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २३४ जना पुगेको छ ।

स्वास्थ मन्त्रालयले दिएको जानकारीअनुसार ९ जना रुपन्देहीमा ९ पुरुष र ३ महिला गरी १२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै कपिलबस्तुमा ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । पर्सामा २ पुरुष र एक महिला तथा नवलपरासीमा एक पुरुषमा संक्रमण देखिएको हो ।

यसअघि आजै बुधबार २ जना संक्रमित थपिएका थिए । आज कुल २६ जना संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको संख्या तीन दिनमा तेब्बर भएको छ । परीक्षणको दायरा बढेसँगै संक्रमित पनि थपिन थालेका छन् ।


कस्तो लाग्यो ?

यो पनि