जेठ ०७, २०८१, सोमबार
               

बन्दीपुर अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया

रासस
बैशाख ३१, २०७७

ADVERTISEMENT

बन्दीपुर अस्पतालमा पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । बन्दीपुर गाउँपालिका–२ बस्ने ३६ वर्षीया राधिका भण्डारीको मङ्गलबार शल्यक्रिया सफल भएको हो ।

सुत्केरी व्यथा लागेपछि सोमबार राति अस्पताल भर्ना भएकी भण्डारीको प्रसूतिकक्षमा शल्यक्रिया सफल भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा डिबी क्षेत्रीले जानकारी दिए । डा‍ क्षेत्रीका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । 

बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा क्षेत्रीको नेतृत्वमा ऐनेस्थेसिया असिस्टेन्ट प्रशान्त केसी, स्टाफ नर्स सीमा सापकोटा क्षेत्री, अनमी समीक्षा थापा, अहेव रचना अधिकारी, ल्याब असिस्टेण्ट सुनिल थापा, अहेव रमा कायस्थलगायतको टाेलीले गर्भवती महिलाको शल्यक्रिया गरिएको हो ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी जारी रहेको अवस्थामा घर नजिकैको अस्पतालमा शल्यक्रिया गराउन पाउँदा आफूहरुलाई पनि खुसि लागेको राधिकाका श्रीमान् दुर्गाबहादुर भण्डारीले बताए

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि