जेठ ०७, २०८१, सोमबार
               

काठमाडौँ र भक्तपुरमा पनि भेटिए सङ्क्रमित, सङ्क्रमितको संख्या २१७ पुग्यो

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौँ र भक्तपुरमा पनि तीन जना थप सङ्क्रमित भेटिएका छन् । तीन सहित २६ जनामा नयाँ कोरोना सङ्क्रमण भेटिएको छ । यससँगै एकै दिन मङ्गलबार ८३ जना सङ्क्रमित थपिएका छन् । मङ्गलवार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर २५ वर्षीय महिला र २७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । यस्तै काठमाडौँमा ३३ वर्षीय महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसै गरी पर्सामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीय महिला र ४० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको संख्या २१७ पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि