जेठ ०७, २०८१, सोमबार
               

थप दुई जना संक्रमित निको भएर घर फर्किए

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । 

कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको भएर घर फर्किनेको संख्या ३३ पुगेको छ । 

उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता, आज (सोमबार) कपिलवस्तुका १० जना पुरुष र  सप्तरीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १२१ पुगेको छ । यसमध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । 

हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ४० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ छ ।


कस्तो लाग्यो ?

यो पनि